गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै कांग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
सोहीअनुसार फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेपछि पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १४:५१
प्रतिक्रिया दिनुहोस्